११ असार, काठमाडौं । कोशी प्रदेश सरकारले अधिकृत स्तर आठौं र सातौं तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेकाहरुले ‘पीएससी अनलाइन डट जीओभी डट एनपी’मार्फत आवेदन दिने सक्नेछन् ।
सूचना अनुसार आठौं तहमा मेडिकल अधिकृतमा खुलातर्फ ११, आदिवासी जनजाती ३, महिला ३, दलित १ जनाका लागि आवेदन खुलेको छ । आठौं तहमा आयुर्वेद चिकित्सकमा खुला १ र आदिवासी जनजातितर्फ १ जनाका लागि आवेदन खुलेको छ । सोही तहमा डेन्टल सर्जनतर्फ खुलामा १ र आदिवासी जनजातिमा १ जनाका लागि अवसर रहेको छ । सातौं तहमा जनस्वास्थ्य अधिकृत अन्तर स्थानीय तहमा १, खुलामा ४, आदिवासी जनजाति, महिला र दलितमा १/१ जनाका लागि आवेदन खुलेको छ । सातौं तहको नर्सिङ अधिकृततर्फ खुलामा १, कम्यूनिटी नर्सिङ अधिकृतमा १, स्वास्थ्य शिक्षा अधिकृतमा १ जनाले आवेदन दिन सक्ने भएका छन्