११ असार, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताएका छन् ।

मन्त्रालयगत बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री खड्काले सुरक्षा परिषद्को सिफारिसमा सरकारले सेनाको संख्याबारे निर्णय गर्ने कानुनी व्यवस्था रहेको बताए ।

उनले भने, ‘संविधान तथा कानुनले सुम्पिएको जिम्मेवारी, सरकारद्वारा समय–समयमा तोकिएका अन्य जिम्मेवारी, अन्तर्राष्ट्रिय रुपमा शान्ति स्थापना कार्यमा सक्रिय रहँदा गर्नुपर्ने कार्य, मुलुकको भौगोलिक अवस्था, अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण हुने भएकाले हामीले निरपेक्ष रुपमा हेर्नुहुन्न ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link