११ असार, काठमाडौं । काठमाडौंमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई हाल काठमाडौंको बसन्तपुर बस्ने २२ वर्षीय दिपेश गुरुङ र झापा घर भई बसन्तपुरमै बस्दै आएका ३८ वर्षीय दिपेन लिम्बु छन् ।

उनीहरुको आज बिहान ८ः३० बजे काठमाडौं महानगरपालिका वडा नम्बर ११ अरनिको मार्गस्थित इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानी तान्ने मोटर निकाल्न गएको बेला सुरुमा दिपेन इनारमा डुबेका र उनलाई बचाउन जाँदा दिपेशको पनि मृत्यु भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link