स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विराटनगर स्थित कोशी अस्पतालमा पनि विपन्नका लागि ३ सय ३० शैया नि:शुल्क उपचार गर्ने निर्णय गरेका छन् । आकस्मिक निरिक्षणको क्रममा मंगलबार विराटनगर पुगेका मन्त्री बस्नेतको निर्देशन पछि कोशी अस्पतालले आईसियू, एचडियू र क्याबिन बाहेकका ३ सय ३० शैया नि:शुल्क गरिएको हो ।

स्वास्थ्य मन्त्रालय मातहतका सरकारी अस्पतालहरुले जनताको संवैधानिक अधिकारलाई व्यवहारमा लागु गर्दै जाने क्रममा विपन्न, असहाय र बेवारिसे विरामीको उपचार नि:शुल्क गर्न  निर्देशन दिएपछि कोशी अस्पतालले नि:शुल्क गर्ने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिएका छन्र ।

त्यसै बिच मंगलबार नै मन्त्री बस्नेतले अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा झापाको आम्दा अस्पताललाई एक करोड २५ लाख पर्ने अक्सिजन हस्तान्तर गरेका छन्  । सो अवसरमा स्वास्थ्य मन्त्रालयका अधिकारीका साथै न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतको पनि उपस्थिति रहेको थियो । मन्त्री बस्नेतले मंगलबार नै विराटनगरको पथरी नगर अस्पताल, किओच बाल अस्पताल, दमक नगर अस्पताल र बिर्ता सिटी अस्पताल लगायतका अस्पतालहरुको निरिक्षण गरेर सहज रुपमा उपचार सेवा प्रदान गर्न अस्पतालका अधिकारीहरुलाई निर्देशन दिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link