१३ असार, काठमाडौं । सांसदहरुले ललिता निवास जग्गा प्रकरणको फाइल ढिलै भएपनि खोलेकामा सरकारको प्रशंसा गरेका छन् । तर, यो प्रकरणमा जोडिएका उच्च पदस्थ व्यक्ति सबैमाथि अनुसन्धान हुनेमा उनीहरुले आशंका गरेका छन् ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले ललिता निवास प्रकरणमा जग्गा फिर्ता गरेको आधारमा कारबाहीबाट उन्मुक्ति पाउन नहुने बताए । ‘आठ आना जग्गा, जग्गै घुस खाने । पैसा हैन जग्गै घुस खाने र जग्गा फिर्ता दिएर उन्मुक्ति पाउने कि नपाउने ? यो विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गाराउन चाहन्छु’ उनले भने ।कांग्रेसकै सांसद रामहरि खतिवडाले पनि ललिता निवास प्रकरणमा नाम जोडिएका उच्च पदस्थ र राजनीतिक व्यक्तिमाथि अनुसन्धान हुनेमा आशंका गरेका छन् ।

‘ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनियो । ठूला, चार आना, आठ आना, ३२ आनाका माछाहरु पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । साना भुरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नगरोस्’ सांसद खतिवडाले भनेका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि ललिता निवास प्रकरणको उचित छानबिन गरेर निष्कर्षमा पुयाउन सरकारलाई आग्रह गरेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान सुरु गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link