काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबाट निक्कै उपलब्धि हासिल भए पनि चर्चा नभएको गुनासो गरेका छन् । संसदमा जवाफ दिँदै प्रचण्डले भारत भ्रमणका उपलब्धिलाई छाडेर मुर्रा राँगो कि भैँसी भन्ने विवादले संसद्मा लामो समय लिएको बताए ।‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ। चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसद्सँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो। भारत र तेस्रो विश्व सम्म विद्युत् निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रू भएको छ’ प्रचण्डले भने,‘तर हामीले यति ठुला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैँसी भन्ने विवादमा संसद्को लामो समय लियौँ। यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद् गम्भीर होस् भन्ने मेरो आग्रह छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link