काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूलाई म्याद थप गर्नका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । सीआईबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनलाई पक्राउ गरेको थियो जसमध्ये तीन जनलाई कागज गराएर रिहा गरेको छ ।अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ । पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।बुधबार सरकारी कार्यालयमा चार जनालाई म्याद थपका लागि उपस्थित गराइएको हो । उनीहरू सरकारी वकिल कार्यालयमा हातमा सलाइन पानी बोकेरै पुगेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Sagarmatha Khabar