प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार  पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले पार्टी एकतालाई सार्थक बनाउने बताएका हुन् ।

माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने बताउँदै उनले एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए ।

‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ,’ उनले भने, ‘त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ ।’

अध्यक्ष दहालले विशेष महाधिवेशन गरेर माओवादीलाई पुनर्निर्माणमा गर्ने तयारीमा रहेको पनि बताए । उनले अहिले सरकारमा रहेर राम्रो गर्न खोजिरहेको भन्दै सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर सफा गर्न लागेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link