भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाटीको मृत्यु भएको हो ।

उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिए ।

कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् । उनी उपचारपछि गएराति नै घर फर्किसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link