आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफका लागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा हुँदैछ।

नेपाल र युएईबीच हरारेमा हुने खेल नेपाली समयअनुसार १२:४५ मा सुरु भैयाको छ ।
नेपालले युएईविरुद्ध खेलेका पछिल्ला चार खेलमा लगातार जित हात पारेको छ।

यसअघि सातौं स्थानको अर्को प्लेअफमा अमेरिका र आयरल्यान्डबीच खेल भएको थियो। खेलमा आयरल्यान्ड ६ विकेटले विजयी भएको थियो।
अब आज जित हात पार्ने टिमले सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। आज पराजित हुने टिमले नवौं स्थानको लागि अमेरिकासँग भिड्नेछ।

समूह ‘ए’ मा नेपाल चौथौ स्थानमा सीमित बन्दा सुपर सिक्समा पुग्न असफल भएको थियो। नेपालसँग प्रतिस्पर्धा गर्न लागेको यूएई भने समूह ‘बी’ मा पाँचौ भएको थियो।

नेपाल समूह चरणमा आयोजक जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भयो अमेरिकालाई हराउन सफल भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link