विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भइरहेको प्रतिस्पर्धामा नेपालले टेस्ट मान्यताप्राप्त आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोड्यो।नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। नेपालले ७ रनमा अन्तिम ३ विकेट गुमाएर १६९-७ को अवस्थामा पुगेपछि सन्दीप र गुल्सनले उल्लेख्य पाली खेलेका थिए। गुल्सनले अविजित ५७ रन जोडे।

सन्दीपले ३२ रन जोडे। नेपालका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्।

नेपालले ७ रनको अन्तरमा पछिल्ला तीन विकेट गुमाएको थियो। पहिलो विकेटका लागि २७ रनको साझेदारी गरेको नेपाल कुनै समय १६२-४ रनको स्थितिमा थियो। तर पाचौँ विकेटका रुपमा भीम आउट भएपछि नेपालको पतन सुरु भएको हो। १६९ रनको स्थितिमा नेपालले कुशल र दीपेन्द्रलाई गुमाएको थियो।

गुल्सनले २२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा तेस्रो अर्धशतक बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link