नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला सुरु भएको छ बस्दैछ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा छलफल हुने छ ।
बैठकमा विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय पनि बैठकको कार्यसूचीकारूपमा अघि सारिएको छ।
जिल्ला सभापतिहरूको भेलामा पार्टी संचालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय पनि छलफल हुनेछन् ।
पार्टी महामन्त्री गगन थापाले यश अघि नै सूचना जारी गर्दै विवरणसहित उपस्थित हुन भनेका थिए । आफ्नो जिल्लाअन्तर्गतका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति-प्रदेश सभा क्षेत्रीय कार्यसमिति-गाउँ, नगर पालिका कार्यसमिति-वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नं., त्यस जिल्लामा वडा तहदेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरू कुन-कुन तहको सम्मेलन सम्पन्न भए, कुन-कुनको हुन वाँकी छ सो को विवरण र योजना समेत लिई उपस्थित हुनु सुचनामा उल्लेक छ।
यसैबीच कांग्रेसले झण्डै एकवर्षपछि केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक असार २७ गते बस्नेछ ।





