प्रधानमन्त्री पुष्पकमल दाहालले सदनको गतिरोध अन्त्यका लागि पहल थालेका छन् । सोहीअनुसार प्रधानमन्त्री दाहालको पहलमा प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सुरु भएको हो ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बारम्बार सदन अवरुद्ध गर्दै आएपछि समस्या समाधानका लागि तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध बनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link