शिशिर राज पाण्डे । हिन्दु नेपालीहरुको ठूलो पर्व तीज यस वर्ष विगतमा वर्षहरुमा जस्तो उल्लासमय भएन । काठमाडौंका शिवमन्दिर र सार्वजनिक स्थलमा ठूलो संख्यामा महिलाहरु नाचगान र रमाइलो गर्ने गर्थे । तर, यो वर्ष निषेधाज्ञाका कारण महिलाहरु सार्वजनिक स्थलमा भेला हुन र भेटघाटबाट वञ्चित भए । घरमा पनि परिवारभित्रका मानिसहरु मात्र बस्न र आफन्तजन ठूलो संख्यामा भेला नहुन सरकारले आग्रह गरेको थियो । पशुपतिनाथ वरपरका केही महिला भने परिसरमा गई बाहिरबाट दर्शन गरेको देखिएको स्थानीय माला खरेलले जानकारी दिइन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण बाहिर हिँड्न पनि असहज थियो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।त्यसैले यस वर्ष महिलाहरु घरमै आँगन, कौसी र कोठाभित्रै नाचगान गरेर तीज मनाउन बाध्य भए । हिन्दु धर्मावलम्बी महिलाको महान चाड हरितालिका तीजमा महादेवको पूजा आराधना गरिन्छ। तीजमा शिवालयहरुमा भिड हुने गर्दछ। आज धेरै समयमा माइती आइपुगेका चेलिबेटी माइतीमा जम्मा भई आफ्नो पीर व्यथा पोख्ने गर्छन्।तीजको दिन ब्रत बसेका दिदीबहिनीहरु नाचगान गर्न सार्वजनिक ठाउँमा पुग्ने गथ्र्ये । तर, अहिले ती सबै कार्यक्रम छैनन् । जति हुन्छ परिवार भित्रै रमाइलो गरेर तीज मनाउन थालिएको छ । ‘कोरोनाले यो उ भन्दैन । धेरै भिडभाड हुने ठाउँमा नगएकै बेस्’ सिनामङल् कि सुस्मिता दङाल् ले भनिन्–‘कोरोना सकियो भने धित मारेर मनाउँला तीज । यसपाली खुम्चिएकै तीज राम्रो ।’ तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा पहिलाको जस्तो सहज वातावरण छैन। पहिलो चरणमा लकडाउन गरेको सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा जारी गरेको छ। सरकारले अति आवश्यक काम बाहेक अरु बेलामा बाहिर ननिस्कन आग्रह गरेको छ र नियम नमान्नेलाई कारवाही समेत गरेको छ। नागपञ्चमीबाट उनको गाउँघरमा नाचगान सुरु हुन्थ्यो । ओल्लो घर पल्लो घरका साथी संगी भेट हुन्थे। तर यो वर्ष त्यो पनि भएन। चोक चोकमा जम्मा भएर, मन्दिरको आगँनमा नाँच्ने नारीहरु घरको कोठा भित्र नाँचेर तीजको रहर पुरा गर्दै छन्। तीजको दिन ब्रत बसेका दिदीबहिनीहरु नाचगान गर्न सार्वजनिक ठाउँमा पुग्ने गथ्र्ये । तर, अहिले ती सबै कार्यक्रम छैनन् । सरकारले पनि चाड पर्व सावधानी पूर्वक मनाउन अपिल गरेको छ । दिउँसोमा समेत भिडभाड नगर्न, सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्न निषेध गरेको छ । कोभिड–१९ को प्रभाव चाडपर्वमा पर्न थालेको छ । टाढा घर भएका दिदी बहिनी माइतीमा आउन पाएनन् । निषेधाज्ञाले गर्दा गाडी चलेनन् । छोरीचेलीहरु माइतीमा आउन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link