प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।

हिजो पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री दाहाल असार ३० गतेसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

उनले समवेदना प्रकट गर्न आउनेहरुसँग प्रधानमन्त्रीले यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link