बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ वर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८ वर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।
बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपिट गरेका थिए । बाजेको कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।




