एजेन्सी । बिश्वका अरु देशहरुमा कोरोना बिरुद्द को खोपको अभाब भएर जनताहरुले खोप लागाउन नपाइरहेको अवस्थामा अमेरिकामा भने खोप नलगाएर सरकार हैरान भइरहेकै रहेको छ । आमेरिकि जनताहरु लाइ खोप लगाउन् अनुरोध गर्दै बिभिन्न पुरस्कारको नै ब्याबस्थापक गर्नु परेको छ । अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको छ। एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्। आफ्ना जनताहरुले खोप लगाउन प्रेरित गर्न का लागि केन्द्र सरकारमार्फत नै यो योजना लागु गर्न का लागि अनुमति दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link