निर्माण व्यवसायीहरुले रकम भुक्तानी र निर्माण कार्यको म्याद थप गर्न माग गर्दै काठमाडाैंमा प्रदर्शन गरेका छन् । सरकारले भुक्तानी नदिँदा समस्या झेल्नुपरिरहेको भन्दै रकम उपलब्ध गराउन माग गरेका छ्न ।
माइतीघर मण्डलमा भेला भएका निर्माण व्यवसायीहरुले आफूहरुको रकम रोकेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतको विराेध गरेका छन् ।
अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले पनि निर्माण व्यवसायीहरुले गरेका भुक्तानी कुनैपनि किसिमबाट गर्ने प्रतिवद्धता जनाएपनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।




