शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाको अनुसार गएको आर्थिक वर्षमा सबैभन्दा धेरै व्यवस्थापन पढ्न विद्यार्थी विदेश गएका छन् ।

शाखाको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९/०८० मा २९ हजार ७३४ जनाले व्यवस्थापन अध्ययनको लागि एनओसी लिएका छन् भने तीन हजार ९१६ जनाको आवेदन रद्द भएको छ । दोस्रो नम्बरमा जापानीज भाषा पढ्न जानको लागि २१ हजार १३१ जनाले एनओसी लिएका छन् ।

त्यस्तैगरी बिज्नेस पढ्न जानको लागि १२ हजार ८८३ जनाले, सूचना प्रविधि पढ्न जानको लागि ९  हजार ४६८, स्वास्थ्य पढ्न जानको लागि ५  हजार ३६२ जनाले, हस्पिटालिटी पढ्न जानको लागि ४  हजार १५७ जनाले, इन्जिनियरिङ पढ्न जानको लागि ४ हजार १०० जनाले, विज्ञान पढ्न जानको लागि ३ हजार ९२३ जनाले, कम्प्युटर साइन्स पढ्न जानको लागि २ हजार ७३४ जनाले एनओसी लिएका छन् ।

शाखाको अनुसार विभिन्न ५७ वटा शैक्षिक कार्यक्रमको लागि एक लाख ८ हजार ७३० जनाले एनओसी लिएका छन् । त्यसबाहेक होटल इन्टर्नसीप, प्रवेश परीक्षा (मेडिकल परीक्षाको लागि गरिने) तथा पि्रप्याराटोरी कोर्षहरु जस्तै टि-कोर्ष, एम-कोर्ष, जी-कोर्ष, डब्लु-कोर्ष -कतिपय देशहरुमा कुनै डिग्रीको लागि अफर लेटर पाउनुपूर्व गर्नुपर्ने कोर्षहरु) लगायतको लागि एक लाख १० हजार २१७ जनाले एनओसी लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link