प्रहरीले नक्कली मुद्रा र सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका-१० बस्‍ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट ४ किलो २ सय ग्राम नक्कली सुन तथा १६ हजार नक्कली भारतीय रूपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुले जानकारी दिएकोछ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link