कुशल भुर्तेलले आक्रामक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए लाई १५७ रनमा अल आउट गरेको छ ।

श्रीलंकामा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।

 

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए । उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् ।

खेलमा मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सराफले १-१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link