नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए ।
श्रीलंकामा जारी खेलमा नेपालले ओभरमा ६ विकेट गुमाएर १५८ रनको सामान्य लक्ष्य पुरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ७१ रनको योगदान दिए । त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए ।
नेपालको बलिङतर्फ पार्ट टाइम बलर कुशलले अविश्वसनीय बलिङ गर्दै १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका छन् ।स्पिनर मौसन ढकालले ९ ओभर बलिङ गर्दा ४४ रनको खर्चमा २ विकेट लिए । कुशल मल्ल र पवन सरार्फले एकएक विकेट लिए ।




