काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना भएको छ ।साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल बस खसेको बनेपा प्रहरीले जनाएको छ ।

बा. ४ ख ९३९६ नम्बरको बस सडकबाट खस्दा ७ जना घाइते भएको भक्तपुर प्रहरी प्रमुख प्रजित केसीले नेपाल प्रेसलाई बताए । घाइतेको अवस्था सामान्य छ ।

‘सबैको उद्धार भइसकेको छ । चिन्ताजनक अवस्था कसैको छैन’, उनले भने ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link