नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले पार्टीका साथीलाई कुनै आरोप लागेमा पक्षमा उभिने कि नउभिने भन्ने प्रश्न गरेकी छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले नेता बालकृष्ण खाणको नाम नलिई कुनै साथीलाई आरोप लागेमा पक्षमा उभिने कि नउभिने भन्ने प्रश्न गरेकी हुन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा खाण कारागारमा छन्।

‘आफ्नै साथी त्यहाँ (थुनामा) पर्दै गर्दा पक्षमा उभिने कि नउभिने?,’ उनले प्रश्न गरिन्, ‘जिल्लामा कुनै साथीलाई कुनै आरोप लाग्दा पक्षमा उभिने कि नउभिने?’

उनले अदालतमा रहेको विचाराधीन मुद्दालाई बहसको विषय बनाइएको पनि बताइन्।

साथै उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएपछि नागरिकताविहीनहरूले नागरिकता पाएको बताइन्।

राष्ट्रपतिको उपचार खर्चबारे पनि प्रश्न उठेको भन्दै उनले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई यसअघि राष्ट्र प्रमुखकको उपचारमा कहाँ कति खर्च लाग्यो भन्ने सोधेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link