बाजुरा सदरमुकाम मार्तडीको अनाई खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका छन् ।

से२त ३२२५ नम्बरको ट्याक्टरका चालक कैलालीको जोशीपुर-६ का डुबनारायण चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका छन् ।

घटना गएराति ११ बजेतिरको हो । बाढी आएको खोला तर्ने क्रममा ट्याक्टर पल्टिएको थियो । त्यसपछि चौधरी बेपत्ता भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link