दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघर बस्दै आएका मनोज वली रहेका छन् ।

गए राति १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुले जनाएको छ ।प्रहरीका अनुसार वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो ।

त्यस्तै, गत शुक्रबार शान्तिनगर–३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको सर्पको टोकाइबाट मृत्यु भएको थियो । शुक्रबार दिउँसो घर्तीलाई घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link