कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । एक साता देखि जारी केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नकाे जवाफ दिने छन् । सभापति देउवाले जवाफ दिएपछि केन्द्रीय समिति बैठकले निर्णय गर्ने छ ।

यस अगि उपसभापति महामन्त्री सहमहामन्त्री केन्द्रीय सदस्यले अाफ्नाे धारणा राखिसकेका छन् । चार बजे बस्ने बैठक अगि पूर्व पदाधिकारी बैठकमा निणयबारे छलफल हुने छ । मंगलबार पनि पदाधिकारी बीच छलफल भएकाे थियाे । मंगलबारकाे बैठकमा महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागार चलान भएका कांग्रेस नेता बालकृष्ण खाणलाइ निलम्वन गर्नै पर्ने अडान लिएका छन् । सभापति देउवा खाणलाइ कारवाही गर्ने पक्षमा छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link