बारामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका ६ बयलहट्टी बजारस्थित माइतमा बस्दै आएकी २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी १४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अमानुल्लाहले यास्मिनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । अनानुल्लाहलाई इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

घटनापछि अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link