बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।आजदेखि ब्लुबुक नवीकरण, जरिवाना लगायत सवारी सम्बन्धि भुक्तानीहरु अनलाइनबाट गर्न सकिने भएको हो। शुक्रबार प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले सो प्रणालीको उद्धघाटन गरेका हुन्।उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ भने, सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै पनि प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन् । कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायक मार्फत गर्न सकिने समेत यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link