भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा पुल निर्माणको क्रममा गर्डर मेसिन खस्दा १५ जना मजदुरको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एम्बुलेन्स र स्थानीयको सहयोगमा घाइतेहरुलाई अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । साथै मृतकको शव पनि पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

उक्त भग्नावशेष भित्र केही मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

ठाणे जिल्लाको शाहपुर नजिक समृद्धि एक्सप्रेस राजमार्गमा पुल निर्माणको क्रममा गर्डर मेसिन खसेको थियो । पुल बनाउन तथा ठूला भवनको चौखटका लागि फलाम वा स्टिलको बिम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ ।

मुम्बई र नागपुरलाई जोड्ने ७ सय १ किलोमिटर लामो राजमार्गको तेस्रो चरणको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link