एजेन्सि
चुनाबमा मतदाताहरू किनेकै कारण भारत मा एक जना सांसदलाई जेल सजाय सुनाइएको छ। तेलंगना राष्ट्र समिति पार्टीकी लोकसभा सदस्य मालोथ कवितालाई एक अदालतले सन् २०१९ को आमचुनावमा मतदातालाई पैसा दिएको कसुरमा ६ महिना जेल सजाय सुनाइएको हो। चुनावमा तेलंगनाको महाबुबावाद उम्मेदवार बनेकी कविताका सहयोगी सौकात अली मतदातालाई पैसा बाँडिरहेका बेला पक्राउ परेका थिए। उनले कवितालाई भोट हाल्नका लागि प्रतिव्यक्ति ५ सय भारुका दरले पैसा बाँडेको स्वीकारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link