नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन प्रकरण माथिल्लै तहको संलग्नता रहेको आशंका उब्जिएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन्।

प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरूले खोज्नुपर्ने उनको भनाइ छ।

उनले सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताए।

नेता कोइरालाले संसद् अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link