दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । पहिराेमा परि ३ जना घाइते अवस्थामा उद्धार गरिएको छ ।
दुर्गम भेग भएकाले पहिराले गरेको क्षतिको विवरण आउन बाँकी छ । स्थानीय घट्टे खोलामा आएको बाढीले उक्त गाउँ पुग्ने झोलुङ्गे पुल पनि बगाएपछि उद्वारमा कठिनाइ भएको छ । घटनास्थलमा उद्वारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।




