हेल्सिन्कि । गैरआवासीय नेपाली संघ फिनल्याडको सातौ बार्षिक सभा बाट अध्यक्षमा शेखर आचार्य ,उपाध्यक्षमा सुबास रिजाल ,सैलु भट्रराई र सुनिल सुबाल ,महासचिवमा दिपक के सी , कार्यकारी सचिवमा लब उपाध्याय र कोषाध्यक्षमा सचिन्द्र रिमाल, युवा सयोजकमा हरि जङ् शाहि, महिला सयोजकमा निर्मला खरेल, सदस्यहरु बिनित श्रेष्ठ, बिनोद तिमिल्सिना, देबेन्द्र घिमिरे,कल्यान गिरि, किरण पौडेल, मुक्ति पौडेल,राजन भन्डारि, निरुशा खत्री,सारदा कडेल, सिर्जना नेउपाने,सुजन पराजुलि र सुमित्रा रिजाल चयन भएका छन् । साथै आइ सि सि सदस्यमा प्रकाश पोखरेल चयन हुनु भएको छ । यो कार्य समिति ले २०२१ देखि २०२३ सम्म काम गर्ने छ । कार्यक्रमको सभापतित्व गैरआवासीय नेपाली संघ फिनल्याडका सल्लाहकार सुदिप भुसण आर्यालले गर्नु भएको थियो।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Sagarmatha Khabar