गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी ( सिडिओ) पठाएको छ ।

जाजरकोटको रिक्त प्रजिअमा उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने  अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवाको माग गरेको हुनाले उनका ठाउँमा उपसचिव शरदकुमार पोखरेललाई जिम्मेवारी दिईएको छ ।

सुनार मारडमा सहायक प्रजिअका रूपमा कार्यरत थिए । बाकेमा सहायक प्रजिअ तथा डोल्पा र बझाङमा प्रजिअ भैसकका अनुभव रहेका छ ।

त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ । राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत रहेका उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअ भएर काम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link