सरकारले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउन सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । प्रधान सेनापति पूर्णचन्द्र थापाले भदौ २४ देखि अवकास पाउँदैछन्। अवकाश हुनुभन्दा एक महिनाअघि प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ। शर्मालाई साउन २५ गतेदेखि कामुप्रधान सेनापति बनाउन लागिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link