क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २७ वर्षीया फूलमाया जिरेल रहेकी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिनभवनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडितबाट पटक-पटक गरी ३ लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।




