मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका हुन् । केपी शर्मा ओली सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई हटाएको हो। लुम्बिनीका प्रदेश प्रमुख बनेका शेरचन यसअघि गण्डकीका प्रदेश प्रमुख थिए। नेकपा एमाले विघटन भएपछि ओली सरकारले उनलाई हटाएर पौडेललाई गण्डकीकी प्रदेश प्रमुख बनाएको थियो। नयाँ प्रदेश प्रमुख बनाउँदा सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रले एक-एक भागबन्डा गरेका हुन्। शेरचन माओवादी केन्द्रको कोटामा प्रदेश प्रमुख बनेका हुन्। गण्डकीका प्रदेश प्रमुख बनेका गुरुङ चितवन कांग्रेसका पूर्वसभापति हुन्। तत्कालिन प्रधानमन्त्री ओलीले माओवादीका तर्फबाट प्रदेश प्रमुख बनेकाहरुलाई हटाएर पुन: एमालेकै तर्फबाट प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link