हिजो रातिदेखि अवरूद्ध तनहुँको व्यास नगरपालिकाको पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

रोशी-११ भ्याकुरे खोलामा अबरुद्ध भएको सडक लगातार ६/७ घण्टाको निरन्तर प्रयासपछि पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

सडक भासिएका कारण अहिले साना सवारीका लागि एकतर्फी सुचारु भएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

उनका अनुसार बिहान करिब ११ बजे राजमार्ग भासिएको हो । उनले भने, ‘अहिलेलाई साना सवारी साधन एकतर्फी चलेको छ । ठूला सवारी क्रस हुने अवस्था अझै छैन ।’

उरालीमा पृथ्वी राजमार्ग विस्तारको क्रममा सडकको तर्फ खनिएको थियो । विस्तारकै क्रममा रहेको सोही सडक अविरल वर्षाले भासिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link