बलिउडकी अभिनेत्री शर्लिन चोपडा चर्चामा आएकी छिन् । शर्लिनले आफू कांग्रेस नेता राहुल गान्धीसँग विवाह गर्न तयार रहेकाे बताएपछि उनि चर्चामा छिन् । तर उनले गान्धीसँग विवाह गर्न  एउटा सर्त राखेकी छिन् ।

यसबारे शर्लिनको एउटा भिडियो सार्वजनिक भएको छ । शर्लिनलाई एक जना व्यक्तिले राहुल गान्धीसँग विवाह गर्न चाहनुहुन्छ भनेर सोधेका छन् । यसमा शर्लिनले रोचक जवाफ दिएकी छिन् । उनले भनेकी छिन्, ‘चाहन्छु, किन नचाहनु र ? तर विवाहपछि पनि मेरो थर चोपडा नै होस् भन्ने म चाहन्छु ।’

उनको यो भिडियोमा धेरैले प्रतिक्रिया पनि दिइरहेका छन् । सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे बयान दिएका थिए, जसलाई लिएर भाजपा विधायक पूर्णेश मोदी सूरतको तल्लो अदालत पुगेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link