प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सांसद ज्वालाकुमारी शाहले शर्माको पक्राउप्रति आपत्ति जनाएकी हुन् ।

‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो,’ सांसद साहले भनिन्,‘अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ ।’

सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार पक्राउ गरेको थियो ।

सांसद शर्मासहित ब्युरोले शुक्रबार बिहानसम्म ८ जना डाक्टरलाई पक्राउ गरेको छ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति माग गरिरहेको एमालेले शुक्रबार पनि संसद बैठकमा नाराबाजी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link