नेकपा एमालेले सुन प्रकरण र संसद अवरोधबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो पौने १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।उनले वर्तमान समसामयिक राजनीति, संसदको गतिरोध, सुन तस्करी प्रकरण लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।




