नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले एमालेले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको बताए ।

उनले भने, उहाँहरूले सत्ताबाहिर भएपछि सदन रोक्नुभएको छ। सदन चल्न दिनुपर्छ विषयवस्तु त्यहीँ आउँछन् । सबैले आफ्नो कुरापछि निष्कर्ष निस्किन्छ ।’

उनले सुन प्रकरणको विषयमा अनुसन्धान जारी रहेको बताउँदै हङकङलाई पनि पत्र काटेको बताए ।

सत्ता साझेदार कांग्रेसका नेता लगालग पक्राउ भइरहेकोमा प्रधानमन्त्री र गृहमन्त्री तथा स्वयं सरकारले प्रतिशोध साँधेको कांग्रेसीजनको टिप्पणीमा महतले सरकार पूर्वाग्रही नहुने जिकिर गरेका छन् ।

उनले भने, ‘सरकार पूर्वाग्राही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन । देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । दोषी कानूनको कठघरामा आउनुपर्छ । कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ । को-को संलग्न छन् सबै कानूनी कठघरमा आउनुपर्छ ।’

उनले अहिले सत्ता समीकरण फेरिने कुनै सम्भावना नरहेको दाबी गर्दै अफवाह फैलाएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link