नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जनाएको छ ।

नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँबानेश्वरमा पत्रकारसित कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाए ।

उनले सदन हाइज्याक भएको आरोप लगाए । ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन’ सभामुख देवराज घिमिरेप्रति लक्षित गर्दै लामिछानेले भने, ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन ।’

आफूसँग केही सूचना भएको र ती सूचना संसदमा रेकर्ड गराउन चाहेको तर सभामुखले त्यो अवसर नदिएको उनले बताए ।

‘संसदीय मूल्यमान्यता सिद्धान्तमा अडिग रहेर आएको हामी जस्तो नयाँ राजनीतिक दलका लागि यो दुखद विषय भयो’ लामिछानेले भने, ‘हामीले यस्तो अपेक्षा गरेकै थिएनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link