सत्तारुढ दलहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निश्कर्ष निकालेको हो ।
साेमबार बसेकाे बैठकले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निश्कर्ष निकालिएको हाे । सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता थियो ।
बैठकमा गौर हत्याकाण्डका विषयमा पनि बैठकमा छलफल भएको थियो । सरकारले हालै गौरपीडितसँग पाँचबुँदे सहमति गरेको थियो । मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरू सहिद घोषणा भइसकेकाले थप यसमा केही बाँकी नरहेको निष्कर्ष सत्तारूढ दलकाे छ ।
बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेलले अदालतले पूर्वप्रधानमन्त्रीहरूलाई लक्षित गर्दै आदेश दिन मिल्ने/नमिल्ने विषयमा आफ्नो धारणा राखेका थिए । ललिता निवासको विषयमा थप छलफल आवश्यक रहेको भन्दै नेताहरू उठेका छन् ।




