नेपाली कांग्रेसका सांसद सुनिल शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रमाणपत्र छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीबाट पक्राउ परेका शर्मा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामुक्त भएका छन् ।

थुनामुक्त भए लगत्तै उनले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए ।

यो समूहले भ्रष्टाचारी जोगाउनका लागि नेकपा एमालेले संसद अवरुद्ध गरेको आरोप पनि लगाएको छ ।

अखिल क्रान्तिकारीमा असन्तुष्टहरुले पवन कार्कीको समूहमा रहेर गतिविधि गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link