सेयर साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २०.३१ अंकले घटेर २०१५.१२ विन्दुमा अडिएको छ।

साताको दोस्रोदिन सोमबारदेखि ओरालो लागेको सेयर बजारले बुधबार पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो। यसदिन २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँमा खरिदबिक्री भयो।

मंगलबार २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड मूल्यमा खरिदबिक्री भएको थियो। नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको हो।

आज कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ८.०६ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा हिमालयन डिस्टीलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ८ करोड ४१ लाख मूल्य बढीको सेयर कारोबार भयो। यस्तै शिवम सिमेन्टको ७ करोड र आईएमई इन्स्योरेन्सको ५ करोड बढी मूल्यको सेयर खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। आज १८५ कम्पनीको मूल्य घट्दा ३४ को बढ्यो भने ६ को स्थिर रह्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link