काठमाडौं महानगरपालिका-१४ बल्खुमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link