संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबास्थित मन्त्रालयमा भएको भेटमा मन्त्री किराती र राजदूतबीच दुई देश बीचको व्यापार सम्बन्धलाई अगाडि बढाउनेबारे छलफल भएको हो।

आइतबार राजदूतसँगको भेटमा छलफल भएका विषय सार्वजनिक गर्दै मन्त्री किरातीले साउदी र नेपालमा पानी – पर्यटनमा लगानी ,भैरहवा र पोखरा विमानस्थलको लागि साउदीबाट सिधा उडानका लागि पहल गरिदिन आग्रह गरेको बताएका छन्।

भेटका क्रममा मन्त्री किरातीले राजदूतसँग साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य गर्न प्रस्ताव गरेका छन्। साउदीबाट नेपाल घुम्न पर्यटक पठाइ दिन आग्रह गरिएको मन्त्री किरातीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link