महिला विश्वकप फुटबलको फाइनलमा अहिले इङ्ल्यान्ड र स्पेन भिडिरहेका छन् । पहिलो हाफ जारी रहँदा स्पेन १–० गोलले अगाडि छ ।

स्पेनकी ओल्गा कार्मोना गार्सियाले २९औं मिनेटमा गोल गरिन् । मारियना काल्डेन्टीको पासमा उनले स्पेनलाई अग्रता दिलाएकी थिइन् ।

दुवै टोली पहिलोपटक विश्व च्याम्पियन बन्ने प्रयासमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link